सुनको मूल्य ७०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

सुनको मूल्य ७०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो।

मूल्य बढेसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो।

यससँगै आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको महासंघले जनाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!