शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।

त्यस्तै, युरोको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा तथा पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अन्य प्रमुख विदेशी मुद्राको दर यसप्रकार छ:

विदेशी मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर (USD) १ रु. १५३.८१ रु. १५४.४१
युरो (EUR) १ रु. १७३.३१ रु. १७३.९९
पाउन्ड स्टर्लिङ (GBP) १ रु. २०२.९४ रु. २०३.७४
अष्ट्रेलियन डलर (AUD) १ रु. १०६.६१ रु. १०७.०३
क्यानेडियन डलर (CAD) १ रु. १०७.८८ रु. १०८.३०
सिङ्गापुर डलर (SGD) १ रु. १२०.०१ रु. १२०.४८
जापानी येन (JPY) १० रु. ९.७१ रु. ९.७५
चिनियाँ युआन (CNY) १ रु. २२.९४ रु. २३.०३
साउदी अरेबियन रियाल (SAR) १ रु. ४०.९६ रु. ४१.१२
कतारी रियाल (QAR) १ रु. ४२.२० रु. ४२.३६
युएई दिराम (AED) १ रु. ४१.८८ रु. ४२.०४
मलेसियन रिङ्गेट (MYR) १ रु. ३७.६६ रु. ३७.८०
दक्षिण कोरियन वन (KRW) १०० रु. ११.२६ रु. ११.३०

राष्ट्र बैंकले तोकेको दरमा बजारको कारोबारदरमा केही फरक पर्न सक्ने भएकाले बैंक तथा वित्तीय संस्थाले आफ्नै कारोबारका लागि फरक दर निर्धारण गर्न सक्नेछन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!