विदुरमा डीएनए नमुना संकलन केन्द्र सञ्चालन, काठमाडौं जानुपर्ने बाध्यता हट्यो
त्रिशूली (नुवाकोट) — भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिअक्सिराइबोन्युक्लिक एसिड (डीएनए) परीक्षणको नमुना लिन नुवाकोटमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।
यसअघि नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ जानुपर्ने बाध्यता रहेकामा बाढीप्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमुना सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा दामोदर पौडेलले जानकारी दिए । उनका अनुसार बाढी परेर दिवङ्गत भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमुना लिएर परीक्षणपश्चात् पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ ।