काठमाडौं । बिहीबार दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ। कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे बस्नेछ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समितिले समय–समयमा दिएका निर्देशन तथा सुझावको कार्यान्वयन अवस्थाबारे छलफल हुनेछ। साथै कृषि, वन तथा पर्यावरणसँग सम्बन्धित समसामयिक विषयमा समेत छलफल गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।