प्रतिनिधिसभा बैठक बस्दै, विभिन्न विधेयक र प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा बैठक बस्दै, विभिन्न विधेयक र प्रतिवेदन पेस हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयकसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्नेछिन्।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, अर्थमन्त्री वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०६३’ र ‘भुक्तानी तथा फस्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!