कांग्रेस महाधिवेशनमा गगन थापा सर्वसम्मत सभापति बन्ने सम्भावना : प्रवक्ता चालिसे

कांग्रेस महाधिवेशनमा गगन थापा सर्वसम्मत सभापति बन्ने सम्भावना : प्रवक्ता चालिसे

कांग्रेस महाधिवेशनमा गगन थापा सर्वसम्मत सभापति बन्ने सम्भावना : प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनबाट गगन थापा सर्वसम्मत सभापति बन्ने सम्भावना रहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चालिसेले कांग्रेसले खोजेको नेतृत्व परिवर्तनको प्रक्रियालाई गगन थापाले नै अघि बढाइरहेको दाबी गरे। त्यसैले तत्काल उनको विकल्प देखिन नसकेको उनको भनाइ छ।

महाधिवेशनमा नीति तथा एजेन्डाका विषयमा फरक मत आउन सक्ने भए पनि नेतृत्व चयनका विषयमा ठूलो मतभेद हुने सम्भावना कम रहेको चालिसेले बताए।

“कांग्रेसले खोजेको नेतृत्व परिवर्तन गगन थापाले नै गरिरहनुभएको छ। त्यसैले अहिले नेतृत्वका लागि उहाँको विकल्प देखिएको छैन।”

चालिसेका अनुसार महाधिवेशनमा पार्टीका विभिन्न विषयमा बहस र मतभिन्नता हुन सक्ने भए पनि नेतृत्वका सवालमा सहमति जुट्न सक्ने अवस्था रहेको छ।

देउवालाई उद्घाटनको निमन्त्रणा

प्रवक्ता चालिसेले पार्टीको १५औँ महाधिवेशन उद्घाटनका लागि पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक निमन्त्रणा गरिसकिएको जानकारी दिए।

उनले कांग्रेसभित्र अहिले ठूलो विवाद नरहेको दाबी गर्दै केही नेताहरूमा असन्तुष्टि मात्र रहेको बताए।

“पार्टीभित्र ठूलो विवाद छैन। केही नेताहरूको असन्तुष्टि रहेको भए पनि त्यसलाई ठूलो विवादका रूपमा लिनु आवश्यक छैन।”

चालिसेले महाधिवेशनलाई पार्टीभित्रको बहस, नेतृत्व चयन र आगामी राजनीतिक दिशाका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा अघि बढाइने बताए।

लिङ्क सफलतापूर्वक कापि गरियो!