आज कोशी, बागमतीसहित चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज कोशी, बागमतीसहित चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी तथा तराईका भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा तराईका भूभागमा पनि आंशिक बदली रहने सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा तथा कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!